पूर्वराज्यमन्त्री रायको हत्या उनकै घरमा काम गर्ने युवकबाट भएको प्रहरीकाे अन्तिम निष्कर्ष
barnanmedia.com · Fri Jul 26 22:07:23 UTC 2024

सर्लाही, चन्द्रनगर गाउँपालिका १ रतनपुरका पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या उनकै घरमा काम गर्ने युवकबाट भएको निष्कर्ष प्रहरीले निकालेको छ।
रायको घरमा काम गर्ने कबिलासी नगरपालिका–३ का २१ वर्षीय रामउजैन रायलाई प्रहरीले घटनालगत्तै पक्राउ गरेको थियो। पूर्वराज्यमन्त्री रायको साउन ६ गते राति रतनपुरस्थित आफ्नै घरमा भएको थियो। राति घरमा उनीहरु दुईजना मात्रै थिए। रामचन्द्रको हत्या भएको भन्दै प्रहरीलाई राति रामउजैनले नै खबर गरेका थिए। प्रहरीलाई उनले सुरुमा राति ९ बजेतिर तीनजना व्यक्ति जग्गाको विवाद मिलाउन भन्दै आएको र आफूलाई सुत्न पठाएको बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)