एआई सिर्जित सङ्गीतको बचाउमा स्पोटिफाईका सीईओ, भन्छन्: पाइरेसीभन्दा राम्रो विकल्प
techpana.com · Wed May 27 01:04:36 GMT 2026

काठमाडाैँ । सङ्गीत स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलेक्स नोरस्ट्रोमले कम्पनीको एआईद्वारा सिर्जित सङ्गीततर्फको कदमको बचाउ गरेका छन् । उनले कम्पनीको एआई सङ्गीत फिचरले प्रयोगकर्ता र कलाकार दुवैलाई पाइरेसी तथा अनियन्त्रित एआई सामग्री भन्दा राम्रो विकल्प प्रदान गर्ने बताएका हुन् ।
गत साता स्पोटिफाइले नयाँ फिचर सार्वजनिक गर्दै प्रिमियम प्रयोगकर्ताले सहभागी कलाकारहरूको गीत प्रयोग गरेर एआईमार्फत आफ्नै रिमिक्स र कभर भर्सन बनाउन सक्ने जनाएको थियो । कम्पनीले युनिभर्सल म्युजिक ग्रुपसँग सम्झौता गरी उक्त फिचर ल्याइएको हो । उक्त घोषणापछि स्पोटिफाइको शेयर मूल्य एक सातामै १६ प्रतिशतले बढेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)