रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ
gorkhapatraonline.com · Wed May 27 02:14:49 GMT 2026

खोटाङ, जेठ १३ गते । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चुइचुम्मा –४ बतासेका २८ वर्षीय हेमन परियार, छितापोखरीका २५ वर्षीय दीपक श्रेष्ठ र उमेर नखुलेका बतासेकै दीपक राई रहेका छन् । गत भदौ ३० गते राति रेश्मिका मृतावस्था फेला पर्नुभएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)