कोशीमा सब्जी बाेक्ने ट्रकमा गाँजा तस्करी
rajdhanidaily.com · Tue Aug 13 23:35:20 UTC 2024

बिराटनगर । धनकुटामा सब्जी बोक्ने ट्रकबाट गाँजासहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । धनकुटाको साँगुरीगढी गाँउपालिका-६ भेडेटार चौक स्थितमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ जादै गरेको ना.८ ख १२६८ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रक भित्र सब्जीले छोपी लुकाई छिपाई राखेको अवस्थामा ७ सय ३६ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको हो ।
गाँजा बरामद गरेसँगै ट्रक र चालक धनकुटा पाख्रीबास नगरपालिका-१० का २६ बर्षीय सुजन भन्ने टंक बहादुर मगरलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ । सिधुवाबाट तरकारी बोकेर धरान तर्फ आउदै गरेको ट्रकमा शंका लागि चेकजाच गर्दा सो परिमाणको गाँजा बरामद भएको भेडेटार प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)