मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बञ्चरो प्रहार गरेर सुतिरहेका बाबुको हत्या

rajdhanidaily.com · Tue Aug 13 23:43:43 UTC 2024

सिन्धुली । हरिहरपुरगढीमा सोमबार राती आफ्नै छोराले बाबुको हत्या गरेका छन । हरिहरपुरगढी गाउँपालिका वडा नं. ७ पञ्चचौरी लामपातेका ५८ वर्षिय लाल बहादुर घिमिरे (वि.क) को उनकै माईलो छोरा २१ वर्षिय अमृत घिमिरे (वि.क) ले सुतिरहेका बाबुको बञ्चरो प्रहार गरि हत्या गरेका हुन ।

बेलुका साढे आठ बजेतिर आफ्नै ओछ्यानमा सुतिरहेका बाबुलाई छोराले बञ्चरो प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । बञ्चरोले टाउकोमा प्रहार गरेको र लाल बहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)