मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले अध्यक्ष ओली तेस्रो पटक प्रधानमन्त्री बन्नुहुँदै,के छ काँग्रेस–एमाले सहकार्यको विगत

barnanmedia.com · Fri Jul 12 21:58:46 UTC 2024

संसदका प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) विचको पछिल्लो राजनीतिक सहकार्यको प्रतिफल एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री बन्न लाग्नु भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि शुक्रबार आह्रवान गर्नु भएपछि अध्यक्ष ओली काँग्रेसको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री हुन लाग्नु भएको हो । राष्ट्रपति पौडेलले असार ३० गते आइतबार साँझ ५ बजेसम्मका लागि आफ्नो दावी पेश गर्न दलका नेताहरुका लागि समय निर्धारण गर्नुभएको छ । सो आह्रवान अनुसार कांग्रेस र एमालेका नेताहरु शुक्रबार साँझ बहुमत सदस्यको हस्ताक्षरसहित दावी पेश गर्न राष्ट्रपतिसमक्ष पुग्नु भएको थियो । आइतबारसम्म मुलुकले नयाँ प्रधानमन्त्री पाउने र शपथ हुने सम्भावना छ । शुक्रबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेता तथा सांसदहरु हस्ताक्षरसहित दावी पेश गर्न शितल निवास पुग्नुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)