विभिन्न मुलुकबाट राहत सहयोग आउने क्रम जारी
gorkhapatraonline.com · Sat Sep 12 04:59:27 GMT 2026

भोटेकोशी हिमबाढी पीडितको लागि संयुक्त अरब इमिरेट्स(युएइ)ले पठाएको पाँचौ चरणको राहत सहयोग नेपाल आइपुगेको छ । उक्त राहत सहयोग आज बिहान आइपुगेको विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार पाँचौ चरणको राहत सामग्री लिएर युएइबाट मिलिटरी हवाईजहाज बिहान नेपाल आइपुगेको हो । उक्त राहत सामग्रीमा उद्धारका लागि अत्यावश्यक उपकरण पनि सामेल छन् । नेपाल सरकारले नेपालका लागि युएइका राजदुत अब्दुल्ला सइद मुबारक जरवान अलसाम्सीबाट बुझिलिएको मन्त्री पुनले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)