बहालवाला न्यायाधीशको ‘बकपत्र’ : ब्ल्याकमेल र मानसिक यातनाबाट म आफै पीडित छु
ratopati.com
केही दिनअघि बाँके, नेपालगञ्जकी एक महिलाले आफूमाथि बहालवाला जिल्ला न्यायाधीश भुवन गिरीले वैवाहिक बलात्कार र घरेलु हिंसा गरेको भनी कपिलवस्तु प्रहरी, राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग, न्याय परिषद् आदि निकायमा उजुरी गरिन् । कपिलवस्तु जिल्ला अदालतमा कार्यरत न्यायाधीश भुवन गिरीकी श्रीमती रहेकी महिलाले सबैतिर उजुरी गरेपछि यतिबेला यस विषयमा प्रहरी र सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ ।
यस विषयमा के कसो भएको हो, के कति कारणले सम्बन्धमा दरार आएर पारिवारिक मामिला प्रहरी, अदालत र मिडियासम्म आइपुगेको हो भनी हामीले पीडित भनिएकी महिला र पीडक भनिएका न्यायाधीश भुवन गिरीसँग कुराकानीको प्रयास गरेका थियौँ । पीडित महिला सुरुमा सम्पर्कमा आए पनि त्यसपछि मोबाइलको ‘स्वीच अफ’ गरेर सम्पर्कविहीन भएकी छन् भने पीडक भनिएका न्यायाधीश भुवन गिरीसँग हामीले कुराकानी गरेका छौँ । कुराकानीको पूरा अंश यहाँ प्रस्तुत गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)