नयाँ दिल्ली पुगे चिनियाँ राष्ट्रपति सी
ratopati.com · Sat Sep 12 07:15:28 GMT 2026

नयाँ दिल्ली । चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शनिबार नयाँ दिल्ली पुगेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत पुगेका सीले सम्मेलनका क्रममा मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन्।
करिब सात वर्षपछि हुन लागेको सीको भारत भ्रमणलाई दुई देशबिचको सम्बन्ध सुधारका दृष्टिले महत्त्वपूर्ण मानिएको छ। वार्तामा सीमा विवाद, द्विपक्षीय सम्बन्ध सुधार र अन्य महत्त्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)