बेइजिङमा चम्कियो नेपाली प्रतिभा, नेपाल-चीन सहकार्य विस्तारमा जोड
kalakarmi.com · Sat Sep 12 08:02:09 GMT 2026

बेइजिङ- एसएमपी मिडिया हाउस तथा निकिला मिडियाको संयुक्त आयोजनामा चीनको राजधानी बेइजिङस्थित होटल लिफनमा छैटौँ ग्लोबल कन्फ्रेन्स तथा अवार्ड समारोह भव्य रूपमा सम्पन्न भएको छ ।
समारोहमा नेपाल तथा चीनका विभिन्न क्षेत्रमा योगदान पुर्याएका करिब डेढ दर्जन नेपालीसहित प्रतिष्ठित व्यक्तित्व, व्यवसायी, कलाकार, समाजसेवी तथा विभिन्न क्षेत्रका विज्ञहरूलाई सम्मान गरिएको छ । नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धलाई पर्यटन, संस्कृति, आर्थिक तथा व्यावसायिक सहकार्यसँग जोड्दै दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको समारोहमा पर्यटन प्रवद्र्धन, आर्थिक सहकार्य तथा व्यावसायिक सम्बन्ध विस्तारका विषयमा समेत चर्चा गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)