रसुवा बाढी : विभिन्न बैंकहरूका १७ वटा शाखा प्रभावित
onlinekhabar.com · Sat Sep 12 08:37:16 GMT 2026

२७ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन् । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्याङ्कन प्रतिवेदनअनुसार ७ अर्ब २४ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
जसमध्ये सबैभन्दा बढी कृषि विकास बैंकमा भएको छ । बैंकको एउटा शाखाबाट ६५ करोड बराबरको क्षति भएको छ । प्राधिकरणका अनुसार सिटिजन बैंकको एउटा शाखा प्रभावित हुँदा एक करोड ५६ लाख रुपैयाँको क्षति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)