बाढी प्रभावितका लागि नुवाकोटमा प्रहरीको अस्थायी अस्पताल, निःशुल्क उपचारसँगै डीएनए सेवा
clickmandu.com · Sat Sep 12 08:42:30 GMT 2026

त्रिशूली । भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली नदी आसपासमा उत्पन्न भएको स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै नेपाल प्रहरीले नुवाकोटको विदुरमा पाँच शय्याको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ।
बाढीका कारण त्रिशूली अस्पतालसँगको सम्पर्क प्रभावित भएपछि रसुवा, नुवाकोटलगायत त्रिशूली क्षेत्रका नागरिकलाई सामान्य स्वास्थ्य समस्या देखिँदासमेत उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था सिर्जना भएको थियो। यही अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले विशेषज्ञ स्वास्थ्यकर्मी, आवश्यक उपकरण र औषधिसहितको फिल्ड अस्पताल सञ्चालनमा ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)