मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फेरि कोही न्याय खोज्न काठमाडौं आउनु नपरोस्

ekantipur.com · Wed Oct 20 01:24:22 GMT 2021

बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मीे बेपत्ता घटनामा न्यायका निम्ति संघर्षरत पक्षसित सरकारले मंगलबार गरेको सहमतिसँगै पीडित परिवार र अधिकारकर्मीहरूको आन्दोलन त स्थगित भएको छ, तर यो सम्पूर्ण प्रकरणसँगै उठेका कैयौं प्रश्न भने त्यसै सेलाउने छैनन्, सेलाउन दिनु पनि हुँदैन ।

सर्वप्रथम त यो सहमति यस्ता अरू कैयौं प्रकरणमा जस्तै आन्दोलन स्थगित गराउने सरकारी तुरूप मात्रै हुनु हुन्न; घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने आफ्नो प्रतिबद्धतामा सरकार दत्तचित्तले लाग्नुपर्छ । यसका निम्ति आफ्ना संयन्त्रहरूको यथोचित परिचालन गर्नुपर्छ । दोस्रो, न्यायका लागि उठेका आवाजलाई सरकारले यसै गरी लामो अवधि उपेक्षा गर्ने गल्ती कहिल्यै गर्नु हुन्न । र तेस्रो, कानुन कार्यान्वयनकै निम्ति न्यायको लम्बेतान यात्रा गर्नुपर्ने र दुरूह लडाइँ लड्नुपर्ने विडम्बनापूर्ण अवस्थाको अन्त्यका लागि सम्बन्धित सरकारी निकायहरू संवेदनशील बन्नुपर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)