युद्ध, विश्वव्यापी तनाव र ‘ट्यारिफ’का बीच नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन सुरु
baahrakhari.com · Sat Sep 12 10:54:36 GMT 2026

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा वार्षिक ब्रिक्स शिखर सम्मेलन सुरु भएको छ । सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसुद पेजेस्कियानलगायत नेताहरू सहभागी छन् ।
भारतले ब्रिक्स शिखर सम्मेलन आयोजना गरेको यो चौथोपटक हो । पश्चिम एसिया र युक्रेनमा जारी युद्धले ऊर्जा आपूर्ति तथा जल यातायातमा बाधा पुर्याइरहेको, ‘ट्यारिफ’को दबाब बढिरहेको चुनौतीको सामना गर्ने विषयमा सदस्यहरूबीच मतभेद रहेको अवस्थामा ब्रिक्सको शिखर सम्मेलन भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)