ब्रिक्स सम्मेलनमा मोदी : ग्लोबल साउथलाई ‘नियम मान्ने’ बाट ‘नियम बनाउने’ स्थानमा पुर्याउनुपर्छ
khabarhub.com · Sat Sep 12 12:02:14 GMT 2026

काठमाडौं- नयाँ दिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन जारी छ । सम्मेलनको प्रारम्भीक सत्रलाई सम्बोधन गर्दै आयोजक राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको भूमिका अझ सशक्त हुनुपर्नेमा जोड दिएका छन् । ग्लोबल साउथका मुलुकहरुलाई केवल ‘नियम मान्ने’ भूमिकाबाट उठाएर ‘नियम बनाउने’ स्थानमा पुर्याउनुपर्ने उनको भनाइ थियो । यसका लागि युवा कूटनीतिज्ञहरूलाई आवश्यक तालिम र कानुनी दक्षता प्रदान गर्न ब्रिक्सले नेतृत्व लिनसक्ने उनले बताए ।
ब्रिक्स स्थापनाको दुई दशक पुगेको अवसरलाई परिपक्वताको मोडका रूपमा व्याख्या गर्दै मोदीले विगतका अनुभवहरूलाई अब अन्तर्राष्ट्रिय मञ्चमा ठोस परिणाममा बदल्ने समय आएको बताए । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले ब्रिक्स कुनै पनि देशको विरोधमा नभई सबैलाई साथमा लिएर अघि बढ्ने सिद्धान्तमा आधारित रहेको स्पष्ट पारे । आगामी २० वर्षका लागि ब्रिक्सले नयाँ र महत्त्वाकांक्षी कार्यसूची तयार गर्नुपर्ने प्रस्ताव गर्दै उनले वार्षिक अध्यक्षीय प्रणालीले संस्थागत निरन्तरतालाई असर नगरोस् भन्नाका खातिर महत्वपूर्ण संरचना र सुरक्षित डिजिटल प्रणाली स्थापना हुनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)