नयाँ दिल्लीमा पुटिन र सीका कारको चर्चा: किन खास छन् यी ‘गुड्ने किल्ला’?
barnanmedia.com · Sat Sep 12 13:22:15 GMT 2026

भारतमा जारी ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङ आफ्नै देशमा निर्मित विशेष सुरक्षा सुविधायुक्त कारसहित नयाँदिल्ली पुगेका छन्। पुटिनको ‘अरस सेनेट’ र सीको ‘होङ्ची एन–७०१’ कारको चर्चा पनि सम्मेलनसँगै चुलिएको छ।
यी कार सामान्य विलासी कारभन्दा निकै फरक छन्। राष्ट्राध्यक्षको सुरक्षा, गोपनीयता, आधिकारिक प्रोटोकल र राष्ट्रिय औद्योगिक क्षमतालाई ध्यानमा राखेर यिनलाई विशेष रूपमा तयार गरिएको हो। त्यसैले, यस्ता कारलाई प्रायः ‘पाङ्ग्रामा गुड्ने किल्ला’ भन्ने गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)