मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष ओलीको दाबी पेस

rajdhanidaily.com · Fri Jul 12 23:17:49 UTC 2024

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेलगत्तै एमाले अध्यक्ष ओलीले राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई साथ लिएर एमाले अध्यक्ष ओली शुक्रबार अबेर राति राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए । ओलीले संसद्को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १ सय ६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)