प्रदेश मन्त्रीकै हस्ताक्षरमा नक्कली परिचयपत्र, जापान लग्न १० देखि १३ लाख संकलन
ekantipur.com · Thu Nov 07 23:41:07 UTC 2024

काठमाडौं, विराटनगर — कोशीका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीको नेतृत्वमा जापान जाने युवाहरूले १० देखि १३ लाखसम्म रकम बुझाएको खुलासा भएको छ । दुई जनालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयकै कर्मचारी र एक जनालाई वडा सदस्यका रूपमा जापान उडाइएको प्रहरी अनुसन्धानमा खुलेको हो । यसका लागि बनाइएको नक्कली परिचयपत्रमा मन्त्री अधिकारीले नै ‘निमित्त कार्यालय प्रमुख’ का रुपमा हस्ताक्षर गरेका छन् ।
तत्कालीन मन्त्री अधिकारीसँगै गएका कञ्चन देवकोटा, दावा शेर्पा र जनक राईको कागजात शंकास्पद देखिएपछि चारै जनालाई जापानको अध्यागमनले टोकियो विमानस्थलबाटै फिर्ता गरिदिएको थियो । उनीहरू फर्केर शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए । यहाँको अध्यागमनले अधिकारीलाई कागज गराएर छाडेको थियो भने अन्य तीन जनालाई प्रहरीको जिम्मा लगाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)