क्यास एप’ मार्फत रु. पाँच करोड बराबरको कारोबार गरेको अभियोगमा पाँच जना पक्राउ
barnanmedia.com · Fri Jul 12 23:36:33 UTC 2024

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ‘क्यास एप’मार्फत रु. पाँच करोड बराबरको कारोबार गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ ।
मोरङ उर्लाबारी महानगरपालिका-८ घर भई हाल काठमाडौँ रविभवन बस्ने २२ वर्षीय गौरभ भट्टराई, सोही ठाउँका २३ वर्षीय सुजन दाहाल, ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-६ का २२ वर्षीय सिद्धार्थ नेपाली, सुनसरी धरान उपमहानगरपालिका-१५ का २४ वर्षीय आशुतोष कोइराला तथा मोरङ उर्लाबारी महानगरपालिका–७ का २४ वर्षीय मिलन मिश्रलाई पक्राउ गरी आज सार्वजनिक गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)