श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ
baahrakhari.com · Wed Aug 14 17:31:48 UTC 2024

मकवानपुर । श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । मकवानपुर कैलाश गाउँपालिका–५ कालीखोलास्थित काफलडाँडा बस्ने २६ वर्षीय मंगलबहादुर पाख्रिन पक्राउ परेका हुन् ।
यही साउन २८ गते (सोमबार) साँझ मंगलबहादुरले २० वर्षीया श्रीमती लक्ष्मी पाख्रिनको हत्या गरी कालीखोलास्थित सामुदायिक वनमा गाडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मंगलबहादुरले श्रीमती लक्ष्मीलाई आफ्नै घरभित्र बन्चरो प्रहार गरी हत्या गरेको र शवलाई टुक्रा पारेर दुई बोरामा हाली कालीखोलास्थित सामुदायिक वनमा गाडेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)