भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै
khabarhub.com · Sun Sep 13 01:20:17 GMT 2026

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा आर्थिक तथा राहत सामग्री सङ्कलन हुने क्रम जारी छ । विभिन्न सङ्घसंस्था, निजी क्षेत्र र विद्यार्थीहरूले सहयोग रकम जुटाएर कोषमा जम्मा गरिरहेका छन् ।
पर्साका युवाहरू (जेनजी) ले बाढी प्रभावितका लागि १५ लाख रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडा जहाँतहीँ सङ्कलन गरी प्रभावित क्षेत्रमा पठाएका छन् । यस्तै, वीरगन्जको शिवम् बचत तथा ऋण सहकारी र समाजसेवी नीरज सर्राफले जनही २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । नेपाल पुलिस स्कुल शान्तिपुरका विद्यार्थीहरूले खाजा खर्च कटाएर ९५ हजार ७८३ रुपैयाँ राहत कोषमा जम्मा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)