मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपकुलपतिमा खुला प्रतिस्पर्धाको संकेत

ekantipur.com · Thu Jan 25 00:54:39 GMT 2024

गणतन्त्र स्थापनासगै सबैजसो सरकारी संस्थामा भागबन्डे कुसंस्कृति मौलाउँदै जाँदा सर्वत्र चिन्ता र चासो बढ्दै गएको छ । अति भएपछि हुने भनेको खति हो र खति हुँदै गएपछि त्यसको रोकथामका लागि अतिलाई न्यूनीकरण गर्दै जानु आवश्यक हुन्छ । प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालयको कुलपतिका हैसियतले विश्वविद्यालयमा पदाधिकारीहरूको नियुक्तिमा भागबन्डे कुसंस्कृति अन्त्य गर्ने प्रतिबद्धता गरेका छन् ।

उनले खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्ने निर्देशन दिएअनुसार गरिएको आह्वानमा ४३ जनाले दरखास्त प्रस्तुत गरेका छन् । त्रिवि उपकुलपतिका लागि दरखास्त दिनेहरूमा त्रिवि शिक्षण सेवामा लामो अनुभव सँगालेका प्राज्ञिक व्यक्तिहरूको बाहुल्य छ । तर यसरी दरखास्त दिनेहरू पनि कुनै न कुनै राजनीतिक दलसँग आबद्ध छन् र विशुद्ध स्वतन्त्र प्राज्ञिक व्यक्तिको उपस्थिति न्यून रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)