मानव बेचबिखनका मुद्दामा सहकार्य आवश्यक: महान्यायाधिवक्ता भण्डारी
ratopati.com · Fri Nov 28 17:37:00 GMT 2025

काभ्रेपलान्चोक। महान्यायाधिवक्ता सविता भण्डारीले मानव बेचबिखनका मुद्दामा अनुसन्धान गर्ने, अभियोजन गर्ने र न्याय सम्पादन गर्ने निकायबिच सहकार्य आवश्यक रहेको बताएकी छिन् । यी निकायबिच सहकार्य हुँदा पीडितले न्याय पाउने उनले बताएकी हुन् ।
शुक्रबार माइती नेपाल र महान्यायाधिवक्ता कार्यालयको सहकार्यमा धुलिखेलमा ‘मानव बेचबिखन प्रभावित/पीडितमैत्री छिटोछरितो न्याय सम्पादन’ विषयक कार्यशाला गोष्ठीमा उनले मानव बेचबिखन तथा ओसारपसारलाई विश्वव्यापी रूपमै गम्भीर अपराध मानिने उल्लेख गरिन् । महान्यायाधिवक्ता भण्डारीले अवैध हातहतियार र लागुऔषधपछिको तेस्रो ठुलो गैरकानुनी व्यापारका रूपमा मानव बेचबिखन रहेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)