भारतको दाँजोमा चीन-नेपाल उडान गर्ने वायुसेवा धेरै
ekantipur.com · Fri Jul 07 16:51:22 GMT 2023
काठमाडौँ — कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको लकडाउनअघि चीनको सीयानबाट काठमाडौं सिधा उडान गर्ने तिब्बत एयरलायन्सलाई नेपालले अनुमति दिएसँगै भारतीय वायुसेवाको दाँजोमा चीन–नेपाल उडान गर्ने वायुसेवा संख्या बढी देखिएको छ ।
चीन–नेपाल हवाई रुटमा तिब्बत एयरलायन्स थपिएपछि अब यो रुटमा नेपालमा दर्ता भएको हिमालय एयरलायन्ससहित वायुसेवाको संख्या ७ पुगेको हो । प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, प्राधिकरणले बिहीबार तिब्बत एयरलायन्सलाई असार अन्तिम सातादेखि आइतबार र बिहीबार गरी सातामा दुई दिन सियान–काठमाडौं–सियान व्यावसायिक उडान अनुमति दिएको छ । हाल नेपालमा चीनको छेन्दु–तियान्फुबाट एयर चाइना र सिचुवान, ग्वाङझाउबाट चाइना साउर्दन, कुन्मिङबाट चाइना इर्स्टन तथा हङकङबाट क्याथे प्यासिफिकले उडान गर्दै आइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)