रेडक्रसमा तदर्थ माथि तदर्थ
annapurnapost.com · Sat Jun 18 00:36:00 GMT 2022
काठमाडौं : सरकारले नेपाल रेडक्रस सोसाइटीमा प्राध्यापक सुदर्शनप्रसाद नेपाल संयोजक रहेको तदर्थ समिति गठन गरेको छ। तर, यो सर्वोच्च अदालतको आदेशविपरीत हो। सर्वोच्चको आदेशलाई लत्याउँदै गठबन्धनको भागबन्डाको आधारमा दोस्रो पटक नेपालको संयोजकत्वमा सरकारले तदर्थ समिति बनाएको छ। २०७९ जेठ ३१ को मन्त्रिपरिषद्ले नेपालको नेतृत्वमा नयाँ कार्यसमिति बनाउने निर्णय गरेको हो।
पहिलो पटक २०७८ पुस १४ गते नेपालकै संयोजकत्वमा तदर्थ समिति गठन भएको थियो। त्यस समय डा. नेत्र तिमल्सिनाको संयोजकत्वमा रहेको तदर्थ समितिको विघटन गरिएको थियो। विघटनपछि तिमल्सिना सर्वोच्च अदालत गए। सर्वोच्चले मन्त्रिपरिषद्को यो निर्णय कार्यान्वयन नगर्नू, नगराउनू भन्दै पुस २३ मा अन्तरिम आदेश दियो। उक्त आदेशलाई सरकारले लत्याएको तिम्सिनाले प्रेस वक्तव्य जारी गर्दै बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)