मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चाचाको शतकको खुसी

ekantipur.com · Fri Sep 01 00:41:34 GMT 2023

काठमाडौँ — हेडलाइनमा कप्तान बाबर आजम रहे । किनभने उनले १ सय ५१ रन बनाए र प्लेयर अफ द म्याच बने । उनले दोस्रो पटक एकदिवसीयका एकै खेलमा १ सय ५० भन्दा बढी रन बनाए । नेपाली बलरहरूले ४२ ओभरसम्म खेललाई जीवन्त राखेका थिए । शतक पूरा गरेपछि भने बाबर नेपाली बलरमाथि झनै आक्रामक बनेका थिए ।

तर मुल्तानमा बाबरको भन्दा ‘चाचा’ ले शतक बनाएकामा खुसी हुने बढी देखिए । चाचा अर्थात इफ्तिखार अहमद । उनले शतक बनाएपछि राम्रै खुसी मनाए । यो उनको पहिलो शतक हो । पाकिस्तानी समर्थकले बाबरभन्दा बढी उनीमाथि माया देखाउनुका कारण यो पनि एउटा हुनसक्छ । जबकि बाबरको यो १९ औं शतक थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)