मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्रीले गुहारे देउवा–प्रचण्ड, रोकिन बाध्य भए नेपाल

annapurnapost.com · Tue Jun 07 00:31:00 GMT 2022

काठमाडौं : एकीकृत समाजवादी गठबन्धन सरकारमा सामेल छ। उक्त पार्टीबाट चार मन्त्री र एक राज्यमन्त्री छन्। उनीहरूलाई ६ महिनामा हेरफेर गर्ने भनिएको थियो। तर, आठ महिनामा फिर्ता बोलाउन खोज्दा तिनै मन्त्री पार्टीको निर्णयविरुद्ध लागे। अर्का सत्ता साझेदार दल माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' देखि प्रधानमन्त्री शेरबहादुर देउवासम्म गुहारे। अन्ततः प्रधानमन्त्री देउवाले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको सिफारिस अस्वीकार गरिदिएका छन्। यससँगै नेपाल गठबन्धनमा निरीह देखिएका छन्।

नेपालले आइतबार मन्त्रीहरू प्रेमबहादुर आले (संस्कृति), रामकुमारी झाँक्री (सहरी विकास), कृष्णकुमार श्रेष्ठ (श्रम, रोजगार), विरोध खतिवडा (स्वास्थ्य)लाई फिर्ता बोलाउने निर्णय गर्दै नयाँ नाम सिफारिस गरेका थिए। जसका ठाउँमा क्रमशः जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भवानीप्रसाद खापुङ (स्वास्थ्य मन्त्रीमा बढुवा) र हीराचन्द्र केसी (राज्यमन्त्री)का नाम उक्त पार्टीले पठाएको थियो। उनीहरू सोमबार मन्त्री बन्ने तम्तयारीमा थिए। बधाई पनि खाए। तर, साँझपख निराश भए। ‘पार्टीभित्र दुई धार देखापरेको छ’, एक नेताले भने, ‘गठबन्धनभित्र पार्टी अध्यक्ष (माधवकुमार नेपाल) कति निरीह हुनुहुँदो रहेछ भन्ने छर्लंग भएको छ।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)