एसिया कपः पाकिस्तानसँग नेपाल पराजित
ekagaj.com · Wed Aug 30 16:02:22 GMT 2023
काठमाडौँ - एसीसी एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानसँग पराजय भोगेको छ । समूह ‘ए’ अन्तर्गत मुल्तान क्रिकेट स्टेडियममा नेपालले आयोजक पाकिस्तानसँग २३८ रनको पराजय भोगेको हो ।
३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा सबै विकेट गुमाएर १०४ रनमात्र बनायो । नेपालका लागि सोमपाल कामीले २८, आरिफ शेखले २६ रन बनाए । गुल्सन झाले १३ रन जोडे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)