लाइसेन्समै सास्ती, इम्बोस्डमा ज्यादती
ekantipur.com · Wed Jun 08 00:57:13 GMT 2022
काठमाडौँ — इम्बोस्ड नम्बरको योजना ल्याएको ६ वर्षमा जम्मा २५ हजार प्लेट वितरण गरेको यातायात व्यवस्था विभागले आगामी १६ महिनाभित्र २४ लाख ७५ हजार प्लेट अनिवार्य लिन सवारीधनीलाई निर्देशन जारी गरेको छ । यो त्यही विभाग हो, जसले स्मार्ट लाइसेन्स पाउन योग्य एक लाख २५ हजारलाई लाइनमा राखेको छ ।
लाइसेन्सका लागि लिखित परीक्षा तथा ‘ट्रायल’ पास गरिसकेका सेवाग्राहीलाई विभागले पालोमा राखिरहेको छ । परीक्षा पास गरेको कागजका भरमा कतिपयले वर्ष दिनदेखि सवारीसाधन चलाइरहेका छन् । लाइसेन्स कहिले पाइन्छ भन्ने प्रश्नको जवाफ यातायात व्यवस्था विभागका अधिकारीहरूसँग छैन । सन् २०२२ सुरु भएको ६ महिनासम्म यो वर्षको एउटा पनि लाइसेन्स वितरण गर्न नसकिएको विभागकै अधिकारीहरू बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)