मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२१ वर्षपछि मुद्दा किनारा, पूर्वमन्त्री जोशी भ्रष्टाचारी ठहर

ekantipur.com · Sun Jul 28 23:35:42 UTC 2024

काठमाडौँ — भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री गोविन्दराज जोशी सर्वोच्च अदालतबाट समेत दोषी ठहर भएका छन् । विशेष अदालतमा मुद्दा दायर भएको २१ वर्षपछि र विशेषबाट फैसला आएको १२ वर्षपछि आइतबार पूर्वमन्त्री जोशीको मुद्दा सर्वोच्चले छिनोफानो गरेको हो । विशेषले तोकेको कैद सजाय र जरिवाना भने सर्वोच्च अदालतले घटाइदिएको छ ।

३ करोड ९३ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै जोशीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० पुस २८ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले १३ वर्ष कैद सजायको माग गरेको थियो । तर म्याद गुज्रेको भन्दै विषयमा प्रवेश नै नगरी विशेष अदालतका तत्कालीन अध्यक्ष भूपध्वज अधिकारी तथा सदस्यद्वय कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराले जोशीको मुद्दा २०६३ कात्तिक ३० मा खारेज गरिदिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)