मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुटपाटमा संलग्न व्यक्ति पक्राउ

barnanmedia.com · Sun Jul 28 23:38:57 UTC 2024

खुकुरी देखाई लुटपाटमा संलग्न रहेको अभियोगमा मकवानपुर पदमपोखरी घर भए ५२ वर्षीय धन बहादुर स्याङ्ताङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

नागर्जुन नगरपालिका-७ बिन्दवासिनी मन्दिर नजिकैको जंगलमा ३ जना अपरिचित व्यक्तिहरूले धारिलो हतियार देखाई लुटपाट गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्ने क्रममा लुटपाट गर्ने समूहका नाइके धनबहादुरलाई पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)