‘आत्महत्या रोक्न सबै जागरूक होऔ’
rajdhanidaily.com · Thu Aug 15 23:29:34 UTC 2024

बारा । जिल्ला प्रहरी कार्यालय बाराले आयोजना गरेको आत्महत्या न्युनिकरण तथा व्यवस्थापन कार्ययोजना कार्यक्रम सबै जागरूक हुनु पर्ने छलफल भएको छ । बिहिबार करण राज पार्टी पैलेस कलैयामा आयोजना गरिएको कार्यक्रममा आत्महत्या रोक्न सबै जागरूक हुनुपर्ने छलफल भएको हो ।
कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक महेन्द्र खड्काले बालबालिकाको पहिलो विधालय भनेकै अभिभावक भएकोले सम्पूर्ण अभिभावकहरू जागरूक हुन जरूरी रहेको बताए । आफ्नो बालबालिका के गरिरहेको छ, काहा गईरहेको छ, उसको जिवन यापन कसरी बितिरहेको छ, यस्ता कुराको जानकारी अभिभावक वर्गले घरमै जानकारी लिदिए आत्महत्या सजिलै निरुत्साहित पार्न आफु विश्वस्त रहेको प्रहरी उपरीक्षकले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)