पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्न करदेखि भिसा शुल्कसम्म सहुलियत
ekantipur.com · Thu Aug 15 23:24:50 UTC 2024

काठमाडौँ — भैरहवा र पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सरकारले विशेष प्याकेज ल्याउने भएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ०७९ जेठ र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ०७९ पुसमा उद्घाटन गरिए पनि नियमित र व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेकाले सरकारले उडान सञ्चालकलाई प्रोत्साहन गर्न सुविधा र छुटसहितको प्याकेज ल्याउन लागेको हो ।
मन्त्रिपरिषद्ले सोमबार स्वीकृत गरेको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्ययोजनाअनुसार ती दुवै विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई ल्यान्डिङ, पार्किङ र नेभिगेसन सेवा उपयोगबापत लिइने शुल्क ५ वर्षसम्म मिनाहा हुनेछ । पर्यटकका लागि भिसा निःशुल्क गर्ने, कार्गो र इन्धनमा सहुलियत दिने, भ्याट र अन्य करमा छुट दिइने पनि कार्ययोजनामा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)