मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लामिछानेका साझेदार पूर्वडीआईजी जोशी कारागार चलान

rajdhanidaily.com · Mon Feb 10 23:26:04 GMT 2025

बुटवल । रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई रूपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ । न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले सोमबार जोशीलाई थुनामा पठाउने आदेश दिएको हो ।

अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जोशीलाई थुनछेक बहसपछि न्यायाधीश घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको बताए । उनले पछि ठहरेबमोजिम हुने गरेर अहिलेलाई थुनामा पठाउने आदेश भएको बताए । प्रतिवादीले जानीजानी कसुर नगरेको आधार नदेखिँदा हाललाई थुनामा राख्नु भन्ने आदेश भएको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)