ब्राउन सुगरसहित तीन जना पक्राउ
gorkhapatraonline.com · Mon Sep 14 10:23:49 GMT 2026

सुनसरीका विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्लाको हरिनगर गाउँपालिका–६ स्थित भित्री सडकबाट प्रहरीले ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ भने भोक्राहा नरसिंह गाँउपालिका, वडा नम्बर ६, ढलान रोडबाट दुई जना गरी तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा हरिनगर गाउँपालिका, वडा नम्बर–५ निवासी ५५ वर्षीय श्रीनारायण मेहता, इलामको देउमाई नगरपालिका वडा नम्बर ६ का २८ वर्षीय मदन सुवेदी र सुनसरीको धरान उप–महानगरपालिका वडा नं. ५ का २२ वर्षीय राज राई रहनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)