पूर्वसुरक्षाकर्मीको योजनामा पुग्थे रुसी सेनामा नेपाली, मुख्य योजनाकार को हुन् ?
annapurnapost.com · Thu Dec 07 00:37:16 GMT 2023
फर्किएर आएका व्यक्ति प्रहरीको सम्पर्कमा छन्। तर, उनीहरूले जाहेरी दिन नमान्दा मुद्दा चलाउनका लागि प्रहरीलाई केही असहज भएको छ।
काठमाडौं : नेपाली युवा राम्रो आम्दानी र रोजगारी पाउन ज्यानै जोखिममा राखेर काम गर्छन् भन्ने उदाहरण धैरै थिए, त्यसमा थपियो रुसी सेनामा भर्ती पनि। विभिन्न प्रलोभनमा अबैध बाटो हुँदै रुसी सेना लागेर युक्रेनसँगको युद्धमा होमिन पनि पछि परेनन्। यसैक्रममा ६ नेपालीले ज्यान गुमाइसके। एक जना युक्रेनले बन्धक बनाएको पुष्टि सरकारले नै गरेको छ। यी तथ्यांक आधिकारिक रूपमा सरकारले सार्वजनिक गरेका हुन्। पुष्टि नभएका अन्य तथ्यांकमा मृतक र बन्धकको संख्या बढी आइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)