मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

इन्टरनेट सेवा सुनिश्चित गर्न निर्देशन

ekantipur.com · Sat May 04 00:11:56 UTC 2024

काठमाडौँ — देशभर बिहीबार इन्टरनेट अवरुद्ध भएकामा नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकहरूलाई इन्टरनेट सेवा निरन्तर राख्न निर्देशन दिँदै अवरुद्ध भए कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार करिब ६ घण्टा अवरुद्ध भएको इन्टरनेट सेवा पूर्ववत् अवस्थामा आइसकेको छ ।

भारतीय ‘अपस्ट्रिम’ प्रदायक भारतीय ‘एयरटेल’ले नेपालतर्फ पठाउँदै आएको ‘ब्यान्डविथ’को ‘इन्टरनेसनल लिंक’ विच्छेद गरिदिएपछि केही समय सेवा प्रभावित भएको थियो । नेपालका आईएसपीहरूले ९ महिनादेखि ब्यान्डविथ खरिदबापतको करिब ३ अर्ब रुपैयाँ बुझाएका छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)