मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डा. कर्णविरुद्ध संगठित अपराधसहित तीन मुद्दा

ekantipur.com · Mon Aug 28 00:30:34 GMT 2023

विराटनगर — लाखौं रुपैयाँ लिएर निःसन्तान दम्पतीलाई नवजात शिशु बेच्दै आएको आरोपमा पक्राउ परेका कोशी अस्पतालका पूर्वमेसु डा. तपेश्वरलाल कर्णविरुद्ध प्रहरीले संगठित अपराध, व्यक्ति बेपत्ता र मानव बेचबिखन अपराधमा मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । उनको अकुत सम्पत्तिको छानबिन गर्न पनि सम्बन्धित निकायलाई प्रहरीले पत्राचार गरेको छ ।

डा. कर्ण नेतृत्वको शिशु बेचबिखन गिरोहको वारिपारि (नेपाल–भारत) का केन्द्रीयस्तरको राजनीतिक हस्तीसम्म पहुँच भएको खुलेको प्रहरीले भनेको छ । उनीसहितका नेपाली चिकित्सकहरूले भारतका विभिन्न राज्यका नागरिकलाई समेत शिशु बेचेको जानकारी आएकाले अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को समेत मद्दत लिने प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)