मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

के हो वकिल–न्यायाधीश घुस वार्ता ?

annapurnapost.com · Thu Jun 23 01:02:00 GMT 2022

काठमाडौं : व्यवसायी तथा इन्जिनियर इच्छाराज तामाङलाई धरौटीमा छुटाउन कानुन व्यवसायी रुद्रप्रसाद पोखरेल र काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाबीच रकम मोलमोलाइको अडियोले बुधबार चर्चा पायो। यो विषय चर्चामा सीमित रहेन, न्यायपरिषद्को बैठकले अडियो टेप प्रकरणमा छानबिन समिति नै गठन गर्‍यो। तर, यो प्रकरण बाहिरिएसँगै न्यायालयमा न्याय पनि किनबेच हुन्छ भन्ने आरोपलाई थप मलजल गरेको छ।

सार्वजनिक अडियो टेपमा सिभिल सहकारी ठगी प्रकरणमा तामाङलाई छुटाउन करोडौंको रकम लेनदेन गर्न सकिने संवाद छ। गत पुस महिनामा तामाङ जेल चलान भएका थिए। उनीमाथि झन्डै ५ अर्ब ७७ करोड ठगीको अभियोग लागेको छ। तीन साता लामो समयसम्म थुनछेक बहस थियो। सोही बेला न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच संवाद भएको सुनिन्छ। अधिवक्ता पोखरेल र न्यायाधीश कोइराला दुवैले सामाजिक सञ्जालमार्फत निर्दोष भएको जिकिर गरेका छन्। झन्डै ७ महिनापछि टेप सार्वजनिक भएको बताइएको छ। उक्त अडियो टेप पनि १० मिनेट लामो छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)