मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरीलाई कुट्ने अखिल नेतालाई उन्मुक्ति दिने खेल असफल भएपछि सरकारले थाल्यो अर्काे तिगडम

barnanmedia.com · Fri Feb 14 23:07:14 GMT 2025

२४ घन्टा खुल्छ ठमेल। तरमाघ २४ मा मध्यराति छाया सेन्टर अगाडी ड्युटीमा खटिएका प्रहरीका जवान र हवल्दारमाथि आक्रमण भयो । प्रहरीको मोटरसाइकल लडाउँदै कुटपिट गर्नुका साथै लौरो समेत फालिएको थियो।

यो घटनाका मुख्य आरोपि हुन् एमालेको भातृ संगठन अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशी। अहिले कांग्रेस र एमालेको सरकार छ। पटकपटक पक्राउ पर्दै आएका जोशीलाई सरकारले जोगाउने खेल गर्यो। घटनापछि जोशीलाई उन्मुक्ति दिइयो। ताप्लेजुङको फुङलिङ नगरपालिका-१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेलधुराको गन्यापधुरा गाउँपालिका-५ का २२ वर्षीय रमेश फुलारालाई पक्राउ गरियो। तर जोशी पनि घटनास्थलमा रहेके सिसिटिभी फुटेजमा देखियो। उनी नेतृत्वको समूहले कुटपिट गरेको प्रस्ट देखिँदा पनि उन्मुक्ति दिइएपछि सरकारको तीव्र आलोचना भयो। पक्राउ परेका दुई जनाबाहेक नवीन ऐरी, सौजन्य शाही र गोपालबहादुर शाहीविरुद्ध पनि पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी भएका पाँचजना सँगै रहेका जोशीविरुद्ध भने पक्राउ पुर्जी जारी भएको थिएन।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)