मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

होलीको सुरक्षा : उपत्यकाका सडकमा पाँच हजार सुरक्षाकर्मी 

nayapatrikadaily.com · Sun Mar 24 00:20:00 UTC 2024

प्रहरीले होलीलक्षित सुरक्षा योजनाअन्तर्गत काठमाडौं उपत्यकामा मात्रै पाँच हजार सुरक्षाकर्मी खटाउँदै छ । यी सुरक्षाकर्मी आइतबार (आज) बिहानदेखि साँझसम्म परिचालन हुनेछन् ।

होलीमा उच्छृंखल गतिविधि नियन्त्रण गर्न काठमाडौं, ललितपुर र भक्तपुर प्रहरी परिसरमातहत रहेका सुरक्षाकर्मी खटिने काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । त्यसबाहेक काठमाडौं उपत्यका ट्राफिक कार्यालयबाट पनि सुरक्षाकर्मी परिचालन हुनेछन् । कार्यालयका अनुसार ट्राफिक कार्यालयबाट मात्रै नौ सय हाराहारीमा सुरक्षाकर्मी खटिनेछन् । होलीलाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउन उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)