१ लाख ८८ हजार नगदसहित ८ जना जुवाडे पक्राउ
lokaantar.com
काठमाडौँको बसुन्धराबाट १ लाख ८८ हजार ५०० रुपैयाँ नगदसहित ८ जना जुवाडे पक्राउ परेका छन् । मंगलबार अपराह्न सानुकाजी श्रेष्ठले सिन्धुली स्थायी ठेगाना भएका महेश मगरलाई भाडामा दिएको टहरोमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले ८ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कृष्ण प्रसाद श्रेष्ठ, कोमल बहादुर प्याकुरेल, अर्जुन राई, मनोज कुमार चौधरी, ईश्वर राई, विष्णु मगर, कैलाश मगर र सन्दीप कुमार चौधरी रहेका छन् । उनीहरू उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)