मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

होली विशेष चेकिङ : मापसे गर्ने १३५ र लापसे गर्ने १२ जना चालक प्रहरी नियन्त्रणमा

ratopati.com · Mon Mar 25 00:10:00 UTC 2024

काठमाडौँ । फागु पूर्णीमा (होली) लाई लक्षित गरी आइतबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको विशेष चेकिङको क्रममा ७ सय ८४ओटा सवारी साधनलाई होल्ड गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

होली पर्वलाई मर्यादित एवं सुरक्षित बनाउने उद्देश्यले काठमाडौँ उपत्यकाका विभिन्न स्थान तथा नाकासहित ९० स्थानमा गरिएको विशेष चेकिङका क्रममा ७८४ सवारी साधनलाई होल्ड गरिएको थियो । होली पर्व मनाउने बहानामा मोटसाइकलमा तिनजना चढ्ने, हेलमेट नलगाउने, तिव्रगतीमा सवारी साधन चलाउने, सवारी चालक अनुमतीपत्र साथमा नराखी सवारी साधन चलाउने लगायत अन्य ट्राफिक नियम उलंघन गर्ने ७६९ ओटा दुई पाङ्गे र १५ ओटा चार पाङग्रे सवारी साधनहोल्ड भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)