नेपाल लगातार जितको खोजीमा : प्रशिक्षक अलमुताइरी भन्छन्– श्रीलंकाविरुद्धको खेल सोचेको जस्तो छैन, संयमित भएर खेल्नुपर्छ
nayapatrikadaily.com · Mon Oct 04 00:26:00 GMT 2021
दक्षिण एसियाली (साफ) फुटबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले सोमबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ । नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्समाथि १–० को ऐतिहासिक जित निकालेको थियो । दुई दशकपछि नेपालले माल्दिभ्सलाई हराएको हो ।उच्च मनोबल बनाएको नेपाली टोलीले सोमबार मालेस्थित राष्ट्रिय रंगशालामा राति ९ः४५ बजे श्रीलंकाविरुद्ध त्यही मनोबलका साथ प्रतिस्पर्धा गर्ने तयारी गरेको छ ।
हालसम्म नेपाल र श्रीलंकाबीच १७ अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा नेपालले तीन जित निकालेको छ । आड खेल बराबरी खेल्दा ६ खेलमा नेपाल पराजित भएको छ । नेपाल र श्रीलंका सन् २०१६ पछि पहिलोपटक भिड्न लागेको हो । सन् २०१६ मा भएको खेलमा नेपालले श्रीलंकासँग १–० को जित निकालेको थियो । उक्त खेलमा नेपालका लागि एक मात्र विजयी गोल विमल घर्तीमगरले गरेका थिए । साफ च्याम्पियनसिप २०१५ मा नेपाल श्रीलंकासँग अन्तिम समयमा गोल खाँदै १–० ले पराजित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)