मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एक वर्षमा प्रहरीमा ५९,०६१ मुद्दा

nayapatrikadaily.com · Fri Mar 29 00:15:00 UTC 2024

मुलुकभर हुने अपराधमा सबैभन्दा धेरै हिस्सा बैंकिङ कसुरको रहेको पाइएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार वर्ष दिनयता मुलुकभर बैंकिङ कसुरका मात्रै १३ हजार दुई सय ७७ मुद्दा प्रहरी कार्यालयमा दर्ता भएका छन् । यो मुलुकभर दर्ता भएका कुल मुद्दाको २२.४८ प्रतिशत हो ।

नेपाल प्रहरीले बिहीबार प्रहरी प्रधान कार्यालयमा संगठनको आइजिपी (प्रहरी महानिरीक्षक)मा वसन्तबहादुर कुँवर नियुक्त भएपछि वर्ष दिनयता मुलुकभर भएका अपराध घटनाका विवरण सार्वजनिक गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)