यस्तो बन्यो देउवा नेतृत्वको नयाँ कार्यसमिति : कुन पक्षबाट को-को बने केन्द्रीय सदस्य ?
ratopati.com
नेपाली काँग्रेसमा १४ औँ महाधिवेशनबाट १३ पदाधिकारी र १२१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । १६७ सदस्यीय केन्द्रीय कार्यसमितिका बाँकी ३३ जना मनोनीत हुनेछन् । काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार १३ पदाधिकारीमा मध्ये सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।
यस्तै ८ सहमहामन्त्रीमा किशोरसिंह राठौर, भीष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय (डिना), जीवन परिवार, महेन्द्र यादव, फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी र बद्री पाण्डे निर्वाचित भएका छन् । १४ सदस्यीय पदाधिकारीमा कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यबाट मनोनित गरिने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)