मिटरब्याजी सम्पत्ति शुद्धीकरणको दायरामा
gorkhapatraonline.com · Sat May 06 06:45:22 GMT 2023
काठमाडौँ, वैशाख २३ गते ।
अध्यादेशले मुलुकी अपराध संहिता, देवानी संहिता, देवानी कार्यविधि संहिता, फौजदारी कार्यविधि संहिताको संशोधन प्रस्ताव गरेको छ। अध्यादेशले मिटरब्याजलाई अनुचित लेनदेनको परिभाषामा राखेको छ। लेनदेन नभएको तथा नदिएको रकमको लिखत तयार पार्ने, वास्तविक रकमभन्दा बढीको लिखत तयार पार्ने, लेनदेनकै क्रममा ब्याज रकमसमेत साँवामा जोड्ने कार्यलाई अनुचित कारोबार मानेको छ। यस्तै ऋणीसँग साँवाभन्दा ब्याज बढी लिने, लिएको रकमको भर्पाइँ नदिने, अनुचित लेनदेनमा ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरणलाई समेत अनुचित कार्यमा परिभाषित गरिएको छ। कसुर ठहर भएमा अचल सम्पत्तिको हक हस्तान्तरण बदर हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)