भोटेकोशी बाढीमा चार सयभन्दा बढी कन्टेनर बेपत्ता
gorkhapatraonline.com · Tue Sep 15 05:20:27 GMT 2026

भदौ १० गते आएको भीषण भोटेकोशी बाढीले सिन्धुपाल्चोकसहित विभिन्न स्थानका व्यवसायीका चार सयभन्दा बढी कन्टेनर बगाएको छ। बाढीमा बगेका कन्टेनरमा रहेका दर्जनौँ चालक तथा मजदुरसमेत सम्पर्कविहीन छन्।
बाढीले बगाएका कन्टेनरमध्ये सयभन्दा बढीमा मालवस्तु लोड गरिएको र बाँकी मालवस्तु बोक्न जाने क्रममा पार्किङ गरेर राखिएका कन्टेनर रहेको नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका अध्यक्ष अर्जुनबहादुर सापकोटाले जानकारी दिनुभयो। बाढीमा बगेका कन्टेनर, चालक तथा मजदुरको विवरण संकलन भइरहेको उहाँले बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)