मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नक्कली भारुको कारोबार आरोपमा धनुषाकी ‘चाची’ लाई दशगजाबाट भारतीय प्रहरीले समात्यो

nepalpress.com · Tue Sep 15 06:31:59 GMT 2026

जनकपुरधाम । नक्कली भारतीय मुद्रा (भारु) कारोबारमा संलग्न धनुषाकी हिरादेवी महासेठ ‘चाची’ लाई भारतीय प्रहरीले पक्राउ गरेको छ। सोमबार राति करिब पौने १२ बजे नेपाल–भारतको दुहवी दशगजा क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएको हो।

धनुषा प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले भारतीय सुरक्षा निकायले नेपाल–भारतको दशगजा क्षेत्रबाट एक नेपाली महिलालाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन् । नेपाल प्रेससँग कुरा गर्दै उनले धनुषाको बिदेह नगरपालिका दुहवी निवासी हिरादेवी महासेठलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको बुझिएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)