स्वभाव अनुसार कुकुरको जिम्मेवारी
gorkhapatraonline.com · Sun Nov 12 04:35:54 GMT 2023
काठमाडौँ, असोज २६ गते । यमपञ्चक अन्तर्गत दोस्रो दिन कुकुरको पूजा गरिँदै छ । कुकुरलाई मानव सुरक्षाको महìवपूर्ण र बफादार सहयोगीका रूपमा परम्परागत रूपमा नै लिने गरिएको छ । धार्मिक मान्यता अनुसार यमराजको दूतका रूपमा कुकुरलाई पूजा गरिन्छ ।
आधुनिक युगमा कुकुरलाई सुरक्षाका साथै अपराध अनुसन्धानमा पनि लगाइन्छ । नेपाल प्रहरीले सामान्य अनुसन्धानबाट नसुल्झिने जटिल घटनाको अनुसन्धानमा कुकुरलाई लगाइरहेको छ । त्यसरी अपराध अनुसन्धानमा कुकुरको स्वभाव अनुसार खटाउने गरिएको छ । ठुला, चुलबुले र चकचके प्रवृत्तिका कुकुरलाई लागुऔषधको अपराध अनुसन्धानमा खटाइने गरिएको छ । शान्त स्वभावका कुकुरलाई भागेका मान्छे ‘ट्र्याक’ गर्ने जिम्मेवारी दिइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)